कोरोनाभाइरससमाचार

कोरोना भाइरसबाट विश्वमा चार लाख ५६ हजार भन्दा बढीको मृत्यु र ८५ लाख बढी संक्रमित

कोरोना भाइरसबाट विश्वमा चार लाख ५६ हजार भन्दा बढीको मृत्यु र ८५ लाख बढी संक्रमित

५ असार २०७७ काठमाडौँ : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या चार लाख ५६ हजार ६८२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८५ लाख ९६ हजार ३७ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

कोरोना भाइरसका कारण बिरामी भएका ४५ लाख ४६ हजार ८९३ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ३६ लाख व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ६१३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २२ लाख ६३ हजार ७४९ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख २० हजार ६८८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १६ लाख २९ हजार ६७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ६६ हजार ९४२ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २६ लाख १७ हजार ४७६ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ५१ हजार ७२ जनाको मृत्यु भएको छ ।

युरोपमा २२ लाख ७७ हजार ३६१ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८५ हजार ४५० को मृत्यु भएको छ । एसियामा १७ लाख ८६ हजार १८० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४५ हजार ६६८ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा २ लाख ७९ हजार ४५२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७ हजार ४५६ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार २३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।