राजनितीसमाचार

कोरियामा रहेका नेपालीको सुरक्षाका लागि काँग्रेसको अपिल

कोरियामा रहेका नेपालीको सुरक्षाका लागि काँग्रेसको अपिल

१३ फागुन २०७६ काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरियामा रहेका नेपालीमा ‘कोरोना भाइरस’को सङ्क्रमण हुन नदिन उच्च सर्तकताका लागि नेपाली जनसम्पर्क समिति र कोरियामा रहेका अन्य नेपाली सङ्घसंस्थालाई आपसी आवश्यक समन्वय गर्न अपिल गर्नुभएको छ ।

सभापति देउवाले कोरियास्थित नेपाली जनसम्पर्क समितिका अध्यक्षलाई आज एक पत्र पठाई त्यहा रहेका सबै नेपालीको सुरक्षामा उच्च सर्तकताका साथ एकताबद्ध ढङ्गले समन्वय गर्न अपिल गर्नुभएको हो ।

कोरोना भाइरस सङ्क्रमण फैलिएको कोरियाको थेगु शहरमा रहेका नेपालीलाई सतर्क रहन तथा कोरियाका अन्य शहरमा पनि विभिन्न पेशा र व्यवसायमा संलग्न, अध्ययनरत विद्यार्थी एवम् श्रममा संलग्न नेपाली बीच आवश्यक सम्पर्क, सूचना सम्प्रेषण र सतर्कताका लागि सभापति देउवाले पत्रमार्फत अपिल गर्नुभएको छ ।