ला लिगा: बार्सिलोनाको सानदार जित
ला लिगा: बार्सिलोनाको सानदार जित
३२ जेठ २०७७ काठमाडौँ : गएराती भएको लालिगा अन्तर्गतको जारि खेलमा बार्सिलोनाले सानदार जित निकालेको छ। आफ्नो प्रतिद्वन्दी मालोरकालाइ हराउंदै बार्सिलोनाले सहज जित निकालेको हो।
लियोनल मेस्सिको अनितम तथा निर्णायक गोल संगै बार्सिलोना ४-० को गोल अन्तरले बिजयी हुन सफल भएको हो। खेलको सुरुवात देखि नै हावी भएको बार्सिलोनाले पहिलो दुइ मिनेट मै पहिलो गोल गर्न सफल भएको छ। खेलको पहिलो गोल भिडालले गर्दै बार्सिलोनालाइ अग्रता दिलाए भने दोश्रो गोल खेलको ३७ औ मिनेटमा ब्रेइथवेटले गर्दै अग्रता दोब्बार बानाए।
पहिलो हाफ २-० मा रोकिएको खेलमा दोश्रो हाफको ७९ औ मिनेटमा अल्बाले बार्सिलोनाका लागि तेश्रो गोल गर्दै बार्सिलोनालाइ थप अग्रता दिलाए।
खेलको अतिरिक्त समय मा लियोनल मेस्सिले निर्णायक गोल गर्दै बार्सिलोना ४-० गोल अन्तरले बिजयी भयो। खेल अवधि भर मालोरकाले कुनैपनि गोल गर्न सकेन।
जित संगै बार्सिलोना ६१ अंक सहित लिग तालिकाको शिर्ष स्थान कायम राख्न सफल भएको छ भने मालोरका २५ अंक सहित लिग तालिकाको १८ औ स्थानमा छ।

