खेलकुदफुटबल

च्याम्पियन्स लिग: वायर्णको जित, बार्सिलोनाको बराबरी, भिडाललाइ र मार्कोसलाई रातो कार्ड

च्याम्पियन्स लिग: वायर्णको जित, बार्सिलोनाको बराबरी, भिडाललाइ रातो कार्ड

१४ फागुन २०७६ एजेन्सी: युरोपियन फुटबल प्रतोगिता च्याम्पियन्स लिग फुटबलमा हिजो पनि दुइ खेलहरु भएका थिए।युरोपियन फुटबल प्रतोगिता अन्तर्गत च्याम्पियन्स लिगको नकआउट चरणको अन्तिम १६ को पहिलो लेगको खेलमा बार्सिलोनाले नापोलिसँग बराबरी खेलेको छ भने अर्को खेल जर्मन क्लब वायर्ण म्युनिकले इङ्ग्लिस क्लब चेल्सीलाइ ३-० गोल ले पराजित गरेको छ।

चेल्सीको घरेलु मैदानमा वायर्णलाइ जित दिलाउन २ गोल सर्ज गन्ब्रीले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरेका थिए । जर्मन क्लब वायर्ण म्युनिकले इङ्ग्लिस क्लब चेल्सी पराजित गरेसंगै अन्तिम आठको यात्रा बलियो भएको छ ।

जर्मन क्लब वायर्ण म्युनिकका सर्ज गन्ब्रीले ५१ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ५४ औं मिनेटमा सर्ज गन्ब्रीले गोल गर्दै आफ्नो र टिमको अग्रता दोबबर गरे। यो सिजनको सर्वाधिक गोल कर्ता रोबर्ट लेवान्डोस्की गोल गर्दै जर्मन क्लब वायर्ण म्युनिकलाइ सहज जित दिलाए।

इङ्ग्लिस क्लब चेल्सीका मार्कोस एलान्सोले खेल ८३ मिनेटमा रातो कार्ड खाएपछि इङ्ग्लिस क्लब चेल्सी करिब ७ मिनेट १० खेलाडीमा सिमित भएको थियो ।

त्यस्तै अर्को खेलमा १-१ को बार्सिलोना र नपोलीले बराबरी खेलेका छन् । नापोलिले आफ्नो घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा १-१ को बराबरी खेलेको छ । खेलको ३० औं मिनेटमा नापोलिका डेरिस मार्टिन्सले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

नापोलिले सुरुवाती हाफमा अग्रता बनाएपनि दोस्रो हाफको ५७ औं मिनेटमा बार्सिलोनाका एन्टिनो ग्रिज म्यानले गोल गर्दै खेललाई बराबरी ल्याए । बार्सिलोनाक मिडफिल्डर भिडालले खेलको ८९ औं मिनेटमा रातो कार्ड खादै बाहिरीएका थिए ।