क्रिकेटखेलकुद

मेस्सीलाई पछि पार्दै रोनाल्डोले जिते ‘बेस्ट प्लेयर २०१९’ को अवार्ड

मेस्सीलाई पछि पार्दै रोनाल्डोले जिते ‘बेस्ट प्लेयर २०१९’ को अवार्ड

१४ पौष २०७६ एजेन्सी: विश्व चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले ‘बेस्ट मेन्स प्लेयर २०१९’ अवार्ड जितन सफल भएका छन् । क्रिस्टियानो रोनाल्डोले बार्सिलोनाका कप्तान लियोनल मेस्सी र लिभरपुलका स्टार भान डाइलाई पछि पार्दै ‘बेस्ट प्लेयर २०१९’ को अवार्ड हात पार्न सफल भएका हुन् ।

आएइतबार राती दुबइमा आयोजित एक समारोहमा युरोपियन एसोसियसन अफ् प्लेयर एजेन्ट नामक संस्थाले क्रिस्टियानो रोनाल्डोलाई वर्ष खेलाडी घोषणा गरेको हो । युरोपियन एसोसियसन अफ् प्लेयर एजेन्टले वर्ष खेलाडी घोषणा गर्दै रोनाल्डोलाई ग्लोब सक्कर अवार्ड’ दिएको हो ।

२०१८–१९ को सिजनमा युभेन्टसलाई २ वटा उपाधि दिलाएको र पोर्चुगललाई यूइएफए नेशन्स लिगको उपाधि दिलाएकाले रोनाल्डोलाई यस अवार्ड दिइएको हो । यससँगै रोनाल्डोले छैटौं पटक यो अवार्ड जितेका छन् । क्रिस्टियानो रोनाल्डोले सर्वाधिक ग्लोब सकर अवार्ड जित्ने खेलाडी बनेका छन् । अवार्ड स्थापनाको १० वर्षमा रोनाल्डोले ६ पटक बाजी मार्दा मेस्सीले एक पटक मात्र जितेका छन् ।फुटबल विशेषज्ञको भोटिङमार्फत् छनौट भइ रोनाल्डोले यो अवार्ड परेका हुन् ।