समाचार

भारतले भन्यो : नेपालले समझदारीको उल्लंघन गर्यो

भारतले भन्यो : नेपालले समझदारीको उल्लंघन गर्यो

३१ जेठ २०७७ काठमाडौं : नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न नेपालले गरेको संविधान संशोधनमा भारतले असहमति जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले वक्तव्य जारी गर्दै नेपालले जारि गरेको संबिधान संसोधनमा भारतको केही क्षेत्रलाई समावेश गरेको नयाँ नक्साका लागि नेपालकेा संविधान संशोधन भएको नोटमा लिएको बताएका छन् ।

लिम्पियाधुरा, महाकाली र लिपुलेक क्षेत्र आफ्नो भएको नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको भारतको दाबी छ । प्रवक्ता श्रीवास्तवले भनेका छन्, यसले सीमा विवादमा वार्तामार्फत समस्याको समाधान खोज्ने हाम्रो समझदारी पनि उल्लंघन भएको छ ।’