सरिता गिरीले हालेको संसोधन बिधेयक सभामुखद्वारा अस्वीकृत
सरिता गिरीले हालेको संसोधन बिधेयक सभामुखद्वारा अस्वीकृत
३१ जेठ २०७७ काठमाडौँ : लिपुलेक लिम्पियाधुरा सहित समेटिएको नयाँ नक्सा जारी गरेको नेपालले संबैधानिक अड्चन फुकाउन गरेको संबिधान संसोधन बिधेयक प्रति असहमति जनाउँदै सांसद सरिता गिरीले सरकारले प्रस्तुत गरेको संसोधन बिधेयक खारेज हुनुपर्ने माग गर्दै छुटै संसोधन बिधेयक दर्ता गरेकी थिइन्।
सरिता गिरीले प्रस्तुत गरेको उक्त बिधेयक प्रति सभामुख अग्नि प्रसाद सापकोटाले सान्दर्भिक नभएको खारेज गरिदिएका छन्। सभामुखले सापकोटाले संसद गिरीले प्रस्तुत गएको उक्त बिधेयक खारेज भएको घोषणा गरेलगत्तै संसद सरिता गिरी संसद भवनबाट बाहिरिएकी छिन।
पछिल्लो समय नेपाली भुमि लिपुलेक लिम्पियाधुरा सहितको भूमिलाई लिएर बिबादास्पद अभिव्यक्ति दिदै आएकी समाजवादी पार्टीकी सांसद गिरीले सरकारले प्रस्ततु गरेको संविधान संशोधन विधेयकको दफा २ खारेज गर्न संशोधन प्रस्ताव दर्ता गराएकी छन् ।
सांसद सरिता गिरीले स्रोत र प्रमाण नपुगेको भन्दै संशोधन प्रस्ताव खारेज गर्न अर्को संशोधन प्रस्ताव दर्ता गराएकी छन् । यस विषयलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएको छ ।
यता उनि निर्वाचित भएको आफ्नै समाजवादी पार्टीले भने उक्त संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिएमा कारबाही गर्ने चेतावनी दिएको थियो ।
पार्टीमा सल्लाह नगरी, संसदीय दलको निर्देशन बिना संशोधन हालेको भन्दै उनको पार्टी समाजवादीले सांसद गिरीलाई उक्त संशोधन प्रस्ताव फिर्ता लिन दबाब दिएको थियो ।
गिरी समानुपातिक सांसद हुन् । उनले पछिल्लो समय सीमाको विषयलाई लिएर विवादित बयान दिँदै आएकी छन् । संसद बैठकमा गिरीले भारतलाई नसोधी नेपालले नक्सा जारी गरेकाले त्यसको औचित्य नभएको एवं नेपालले आफ्नो कूटनीतिक शक्तिको आँकलन गरेर अगाडि बढ्नुपर्ने भन्दै विवादित बयान दिएकी थिइन् ।