अमेरिकामा २० लाख कोरोना संक्रमित, आन्दोलनले स्थिति झन् भयावह
अमेरिकामा २० लाख कोरोना संक्रमित, आन्दोलनले स्थिति झन् भयावह
२६ जेठ २०७७ काठमाडौँ : विश्वभर महामारीको रुप लिइरहेको कोरोना संक्रमणका कारण अमेरिकामा संक्रमितको संख्या २० लाख नाघेको छ । संक्रमितहरु मध्ये अमेरिकामा १ लाख १२ हजारको मृत्यु समेत भइसकेको छ ।
वल्डोमिटरमा प्रकाशित पछिल्लो तथ्यांक अनुसार २० लाख ७ हजार मानिस संक्रमित भएका छन् । जसमध्ये १ लाख १२ हजार ४ सयको मृत्यु भएको छ ।
अमेरिकामा संक्रमित झन् बढ्ने खतरा छ । एकजना अश्वेत पुरुष मारिएपछि विरोधमा आन्दोलन चर्केको छ । त्यसले पनि कोरोना संक्रमण बढ्ने खतरा भएपछि त्रास बढेको छ ।
अमेरिका कोरोना महामारीसँग जुध्दै गर्दा अर्को घरेलु समस्यासँग जुध्न वाध्य भएको छ । त्यहाँ सेना परिचालनको तयारी भइसकेको छ ।-File Photo: Agency
