अमेरिकामा संक्रमितको संख्या ८ लाख नाघ्यो
अमेरिकामा संक्रमितको संख्या ८ लाख नाघ्यो
१० बैशाख २०७७ काठमाडौं : महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण अमेरिकामा मात्र आठ लाख भन्दा बढीमा फैलिएको छ ।
जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म अमेरिकामा संक्रमितको संख्या आठ लाख १९ हजार नाघेको छ । त्यस्तै अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या पनि ४५ हजार ३४० पुगेको छ ।
अमेरिकाको न्युयोर्क राज्यमा अहिलेसम्म सबैभन्दा धेरै संक्रमित फेला परेका छन् । न्युयोर्कमा दुई लाख ५८ हजारभन्दा धेरै मानिस संक्रमित भएका छन् । त्यस्तै न्यु जर्सीमा ९२ हजार र मासाचुएट्समा ४१ हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् ।
न्युयोर्कमा अहिलेसम्म १९ हजार एक सय १४ पुगेको छ । न्युजर्सीमा कोरोना भाइरसको कारण चार हजार सात सय ५३ जनाको मृत्यु भइसकेको छ । मासाचुएट्समा अहिलेसम्म एक हजार नौ सय ६१ को मृत्यु भइसकेको हो ।
अहिलेसम्म अमेरिकामा ७५ हजार पाँच सयभन्दा धेरै मानिस निको भएर घर फर्किसकेका छन् ।