Breakingअन्तरास्ट्रियकोरोनाभाइरस

अमेरिकामा कारोना संक्रमित संख्या साढे ८ लाख नजिक

अमेरिकामा कारोनाबाट मृत्यु हुने संख्या साढे ८ लाख नजिक

११ बैशाख २०७७ काठमाडौँ: विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा संक्रमितको संख्या आठ लाख ४८ हजार नाघेको छ।

बिहिबार सम्मको वाल्ड़ोमिटरबाट लिइएको तथ्यांकका अनुसार अमेरिकामा ८ लाख ४८ हजार ९९४ जना संक्रमित छन्। अमेरिकामा सबैभन्दा बढी प्रभावित न्यु-योर्क राज्यमा २ लाख ६२ हजार २६८ जना संक्रमित रहेकोमा २० हजार ३४५ जनाको मृत्यु भैसकेको छ।

त्यस्तै न्यु जर्सीमा ९५ हजार ८६५ जना संक्रमित मध्ये ५हजर ६३ जनाको मृत्यु भएको छ। म्यासाचुसेट्समा ४२ हजार ९४४ संक्रमित मध्ये २ हजार १८२ जनाको मृत्यु भएको छ।

त्यस्तै क्यालिफोर्नियामा ३७६०२ संक्रमित मध्ये १४३२को मृत्यु, पेन्सिलभानियामा ३६८९२ संक्रमित मध्ये १७१३ को मृत्यु, इल्लिनोइसमा ३५१०८ संक्रमित मध्ये १५६५ को मृत्यु, मिचिगनमा ३३९६६ संक्रमित मध्ये २८१३ को मृत्यु, फ्लोरिडामा २८५७६ संक्रमित मध्ये ९२७ को मृत्यु, टेक्सासमा २१४५८ संक्रमित मध्ये ५५० को मृत्यु, मेरिल्याण्डमा १४७७५ संक्रमित मध्ये ६९८ को मृत्यु र अन्य राज्यमा गरि कुल संक्रमित मध्ये ४७ हजार ६७६ जनाको मृत्यु छ।