Breakingअन्तरास्ट्रियकोरोनाभाइरससमाचार

अमेरिकामा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो

अमेरिकामा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो

१७ बैशाख २०७७ एजेन्सी : महामारीको रुपमा फैलिएर विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ३१ लाख नाघ्दा अमेरिकामा १० लाखभन्दा बढी संक्रमित भइसकेका छन् । यसको मारमा सबैभन्दा बढी विश्वकै धनी देश अमेरिका परेको छ ।

अमेरिकामा हाल सम्म १० लाख ३५ हजार ७६५ जना संक्रमित पुगिसकेका छन् । त्यहाँ ५९ हजारभन्दा बढीको संक्रमणबाट मृत्यु भइसकेको छ । सबैभन्दा बढी प्रभावित अमेरिकाको न्युयोर्क शहरमा हाल सम्म २३ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ ।

विश्वभर ३१ लाख संक्रमित संख्या नाघिसक्दा २ लाख १६ हजारको संक्रमणबाट मृत्यु भइसकेको छ । स्पेन र इटालीमा संक्रमित संख्या २ लाख नाघिसकेको छ । फ्रान्स, बेलायत, जर्मनी र टर्कीमा एक लाखभन्दा बढी संक्रमित भइसकेका छन् ।

भारतमा संक्रमित संख्या ३१ हजार नाघेको छ । त्यहाँ एक हजारभन्दा बढीको संक्रमणबाट मृत्यु भइसकेको तथ्यांक छ ।