Breakingदेशसमाचारसमाज

सुरक्षाफौजको ब्यारेकमै हानाहान

सुरक्षाफौजको ब्यारेकमै हानाहान

२६ जेठ २०७७ काठमाडौँ : अरु कसैले सामाजिक सद्भावमा खलल पुर्यायो भने त्यसलाई कारवाही गर्ने वा नगर्ने अधिकार सुरक्षा संयन्त्रले गरेको हुन्छ तर यदि त्यहि सुरक्षा फौज आफै-आफै जुधे भने कसले कारवाही गर्ने वा त्यसले समाजमा कस्तो संदेश जान्छ ? नेपालको पश्चिममा त्यस्तै एक घटना भएको छ। सिमाना सुरक्षामा तैनाथ सशस्त्र प्रहरीका अर्का हाकिम सिपाहीको पिटाइले घाइते भएका छन् ।

अघिल्लो महिना कपिलवस्तुमा डिएसपी मानबहादुर शाही इन्स्पेक्टर भट्टराईबाट पिटिएको कार्वाही नटुङ्गिदै त्यही क्रमको अर्को श्रृंखला देखिएको छ कैलालीमा ।

जेठ २२ गते बिहीबार साँझ साढे आठ बजेतिर कैलालीको भारतीय सीमावर्ती नाका भुइयाफाँटा बिओपीमातहत अस्थायी चेकपोस्ट बड्किपलिघाटमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीहरु आफूआफैँमा कुटाकुट गर्दा एकजना सई र पाँच सिपाही सख्त घाइते भएका हुन् ।

कोरोना संक्रमणका कारण सीमा कडाइ गरिने क्रममा कैलालीका गौरीफन्टा, त्रिनगरसहितका सानातिना नाकामा त्यहाँस्थित बिओपीबाट विभिन्न दर्जाको कमाण्डमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । त्यसमध्ये सईको कमाण्डमा १२ जनाको टुकडी खटाइएको उक्त नाकामा तैनाथ सशस्त्र कर्मचारीबीच बिदामा गएको बेलाको राशनसमेत खाइदिएको मुध्दालाई लिएर भएको वादविवादपछि बिहीबार झडप भएको थियो । जनआस्था साप्ताहिकबाट