थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८ सय ११ पुग्यो
थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८ सय ११ पुग्यो
१९ जेठ २०७७ काठमाडौँ : थप १३ जनामा कोरोना संक्रमण पुस्टि भएको छ। संक्रमित दुई बालबालिकासहित १३ जना थपिएका छन् ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा सोमबार गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
उनका अनुसार संक्रमित हुनेमा नवलपरासी सरावल गाउँपालिकाका ६ वर्षीय बालक, गडहवा गाउँपालिका रुपन्देहीका ३ वर्षीया बालिका, ५४ वर्षीय पुरुष, मायादेवी गाउँपालिका कपिलवस्तुका ७ पुरुष (१९ देखि ४० वर्ष), निस्दी गाउँपालिका पाल्पाका २ पुरुष (१७ देखि ३६ वर्ष) र गुल्मी रेसुंगा नगरपालिकाका २६ वर्षीय पुरुष रहेका छन् ।
थप १३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितसंक्रमितको संख्या १८ सय ११ पुगेको मन्त्रालयले जनाएको छ ।