Breakingदेशराजनितीसमाचार

के छ राजपा-समाजबादी पार्टीले अघि सारेको संबिधान संसोधन बिधेयकमा ?

के छ राजपा-समाजबादी पार्टीले अघि सारेको संबिधान संसोधन बिधेयकमा ?

२० जेठ २०७७ काठमाडौँ: नेपाली कांग्रेसका नेता तथा तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले अघि सारेको विधेयकमा केही थप विषयसमेत समावेश गरी राजपा-समाजबादी पार्टीले गैरसरकारी विधेयक दर्ता गरेको छ।

पछिल्लो समय भारत संगको सिमा निर्धारण गरेर सरकारले ल्याएको नेपालको अद्यावधिक नक्सालाई निसान छापमा समावेश गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई काउन्टर दिन राजपा र समाजवादीले सोमबार छुट्टै गैरसरकारी विधेयक संसद् सचिवालयमा दर्ता गराएका हुन् । राजपाबाट प्रमुख सचेतक लक्ष्मणलाल कर्ण र समाजवादीबाट सहअध्यक्ष राजेन्द्र श्रेष्ठले विधेयकमा हस्ताक्षर गरेका छन् ।

विधेयकमा के छ ?

1) गाउँपालिका र नगरपालिकाको गठन र परिचालन प्रदेशले नै गर्ने

2) राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशसभाका सदस्यको मात्रै निर्वाचकमण्डल रहने, राष्ट्रिय सभाको प्रतिनिधित्व जनसंख्याको अनुपातमा हुने

3) संवैधानिक विवाद निरूपणका लागि छुट्टै संवैधानिक अदालत गठन गर्ने

4) प्रदेशको सिमाना हेरफेरका लागि सम्बन्धित प्रदेशले परामर्श गरेर संघीय संसद्मा जानकारी दिन सक्ने

5) प्रदेशको संख्यात्मक सीमांकन हेरफेर र विशेष संरचनाहरूको गठनसम्बन्धी विषयमा सिफारिस गर्न आयोग गठन गर्ने

6) नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा आफ्नो देशको नागरिकता त्याग्ने कारबाही चलाएपछि संघीय कानुनबमोजिम नेपालको वैवाहिक अंगीकृत नागरिकता लिन सक्ने