असार १ बाट पढाइ सुचारु गर्न सरकारको निर्देशन
असार १ बाट पढाइ सुचारु गर्न सरकारको निर्देशन
१९ जेठ २०७७ काठमाडौँ : विश्वभर महामारीको रुप लिइरहेको कोरोना संक्रमणका कारण दुई महिना देखि बन्द रहेको शैक्षिक संस्थाहरु असार १ गते देखि खुल्ने भएका छन्। याधप्पी बिद्यालय खोल्ने सम्बन्धमा निश्चित मापदण्ड लागु हुने मन्त्रालयले जनाएको छ ।
आइतबार जारि प्रेस बक्तव्यमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको उल्लेख गरेको छ ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले भनेका छन्, ‘लामो समयसम्म पढाई अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्युनीकरण गर्न अपरिहार्य रहेको भन्दै विद्यालय जाने उमेर समूहका बालबालिकाको नियमित पठान पाठनको सहज अवस्था सिर्जना गर्न दुर तथा खुल्ला शिक्षा लगायत वैैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण गर्ने सम्बन्धि निर्देशिका २०७७ जारी गरेकोमा सोहि अनुरुप गर्न निर्देश गरेको छु।’
‘सो निर्देशिकालाई यहि २०७७ साल असार १ गतेबाट कार्यन्वयन गर्न गराउन संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा सरोकारवालाई हार्दिक आव्हान गर्दछु,’ मन्त्री पोखरेले विज्ञप्तिमा भनेका छन् ।
मन्त्री पोखरेलले सार्वजनिक शिक्षाको सवलीकरण सबैको साझा दायित्व भएको पनि बताएका छन् । तर मन्त्री पोखरेलले नीजि विद्यालयहरुले यही जेठ २१ देखि भर्ना सञ्चालन गर्ने घोषणा गरेपनि मौन समर्थन जनाएका छन् । जबकी विद्यार्थी संगठनले त्यसको विरोध गरिरहेका छन् ।