Breakingकोरोनाभाइरससमाचार

नेपालमा कोरोना संक्रमितको संख्या १००० नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या १००० नाघ्यो

१५ जेठ २०७७ काठमाडौँ : नेपालमा थप १५६ जनामा कोरोना संक्रमण पुस्टि भएको छ। संक्रमण पुस्टि भएसंगै नेपालमा संक्रमित को संख्या १ हजार नागेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार नेपालमा बिहिबार १५६ जना थपिएको पुस्टि भए संगै नेपालमा कुल संक्रमितको संख्या १०४२ पुगेको बताएको छ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ४२ पुगेको जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप संक्रमण पुष्टि हुनेहरुमा धनुषाका २९ जना, झापाका २५ जना, रौतहटका २० जना, महोत्तरीका १७, सप्तरीका १४ जना, सुर्खेतका १३ जना, दैलेखका ८ जना, सर्लाहीका ७ जना, सिरहाका ६ जना, स्याङ्जा र बर्दियाका ३/३ जना, दोलखा र कैलाली २/२ जना र बाँके, मकवानपुर, दार्चुला, बझाङ, सोलुखुम्बु र नवलपरासी पूर्वका एक/एक जना रहेका छन् ।

संक्रमण पुष्टि भएकाहरुमध्ये हालसम्म १८७ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै बुधबार थप एक जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । बुधबार ललितपुरको बुङमतीका ५६ वर्षीय पुरुषको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । पहिलेदेखि नै कलेजोसँग सम्बन्धित रोगले ग्रसित उनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यो संगै कोरोना संक्रमित मृत्यु भएको संख्या ५ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *