Breakingकोरोनाभाइरसदेशसमाचारस्वास्थ्य

थप ७२ जनामा काेराेना सङ्क्रमण पुष्टि, संक्रमित संख्या ६७५ पुग्यो

थप ७२ जनामा काेराेना सङ्क्रमण पुष्टि, संक्रमित संख्या ६७५ पुग्यो

१२ जेठ २०७७ : पछिल्लो कोरोना परीक्षण रिपाेर्ट अनुसार थप ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो विवरण अनुसार रौतहटमा २६ जना, बारामा २३ जना, दैलेख मा ७ जना, बाँके मा ४ जना, धनुषामा ३ जना, कपिलबस्तुमा ३ जना, काठमाडौँमा ३ जना, सप्तरी मा २ जना, बर्दिया मा १ जनामा संक्रमण पुस्टि भएको छ। संक्रमितहरुको परिक्षण काठमाडौँ, धरान, दाङ, हेटौडा, नेपालगंज र सुर्खेतका प्रयोगशालामा गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रबक्ता सुधिर कुमार अधिकारीले दिनुभयो।

योसँगै नेपालमा सङ्क्रमित सङ्ख्या ६७५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

संक्रमित मध्ये ७१ पुरुष र एक महिला रहेको पाइएको छ।