Breakingकोरोनाभाइरससमाचारस्वास्थ्य

कोरोनाको खोप परिक्षण सफल, सेप्टेम्बरसम्म सबैले खोप लगाउन पाउने

कोरोनाको खोप परिक्षण सफल, सेप्टेम्बरसम्म सबैले खोप लगाउन पाउने

१२ जेठ २०७७ लन्डन : बेलायत र चीनका वैज्ञानिकहरूले छुट्टाछुट्टै रुपमा आफ्नो देशमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको सफल परीक्षण गरिएको दाबि गरेका छन्। दुवै देशले पहिलो चरणमा खोपको सफल भएको दाबी गरेका हुन् ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयले अप्रिल २३ मा सुरु गरेको पहिलो चरणको परीक्षण करिब १ हजार जनामा गरिएको र उक्त परिक्षण सफल जनाएको हो । त्यस्तै विश्वविद्यालयले दोस्रो चरणको परीक्षणका लागि बेलायतका १० हजार २ सय ६० जना स्वास्थ्य स्वयंसेवकलाई आह्वानसमेत गरेको छ ।

त्यसैगरी चीनको क्यान्सिनो बायोलोजिक्स इनकर्पोरेसनले पनि कोरोना भाइरसविरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको दाबि गरेको छ । क्यान्सिनोले पहिलो चरणमा १८ देखि ६० वर्षका १ सय ८ जनामा परीक्षण गरेको र परिक्षण सफल भएको बताएको छ ।

बेलायतको अक्सफोर्डका वैज्ञानिकहरूका अनुसार दोस्रो र तेस्रो चरणको परीक्षणमा ५५ वर्षमाथिका वयस्क र ५ देखि १२ वर्षसम्मका बालबालिकालाई सहभागी गराइनेछ जसमा अक्सफोर्ड खोप समूहले परीक्षणको अर्को चरणमा वृद्धवृद्धाहरूको रोग प्रतिरोध प्रणालीले यो खोपप्रति कस्तो प्रतिक्रिया जनाउँछ भन्नेमा केन्द्रित रहने जनाएको छ । परीक्षणको नतिजा सेप्टेम्बरसम्म प्राप्त हुने बेलायती अनुसन्धानकर्ताहरूले बताएका छन् ।

बेलायतका सरकारी अधिकारीहरू कोरोना भाइरसविरुद्धको खोप छिट्टै बजारमा आइसक्ने विश्वासमा छन् । ब्रिटिस सरकारले आउँदो सेप्टेम्बरसम्ममा कोभिड–१९ खोपका ३ करोडसम्म डोज उपलब्ध भइसक्ने जनाएको छ ।