Breakingकोरोनाभाइरसदेशसमाचारस्वास्थ्य

थप तीन संक्रमित फेला परे संगै नेपालमा कुल संक्रमित ४५ पुगे

थप तीन संक्रमित फेला परे संगै नेपालमा कुल संक्रमित ४५ पुगे

१० बैशाख २०७७ काठमाडौं : नेपालमा कुल संक्रमित संख्या ४५ पुगेको छ । सो जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वाब परीक्षणमा आज तीन जनामा कोरोना पोजेटिभ पाइएको मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डा. विकास देवकोटाले जानकारी गराउनुभयो ।

अाज संक्रमण पुष्टि भएका २४ ६० र ७२ वर्षीया पुरूष रहेकाे पत्रकार सम्मेलनमा जानकारी गराइयाे ।

उनीहरु उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केको नुरी मस्जिदमा बसेको जमातीहरुको समूहकै सदस्य हुन् ।

मस्जिदमा बसेका १६ जना जमती मध्ये १२ जना -११ भारतीय र एक नेपाली) मा ५ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट अर्का एक नेपालीमा संक्रमण देखियो ।

संक्रमण नदेखिएका तीन जनालाई भने टाँडीस्थित नेपाली सेना क्वारेन्टाइनमा राखिएको थियो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उनीहरु मध्ये ७ जना निको भइसकेका छन् ।