Breakingकोरोनाभाइरसदेशसमाचारसमाज

उदयपुरमा संक्रमित खोजीमा नयाँ मोड

१० बैशाख २०७७ गाईघाट : नेपालका कोरोना संक्रमणको इपिसेन्टर बनेको उदयपुरको भुल्केमा तीन युवक भारत र दुबहीबाट आएको तथ्य फेला परेको छ ।

भुल्केमा अहिलेसम्म २४ जना कोरोना संक्रमित फेला परेका छन् । भुल्केस्थित मस्जिद क्षेत्रमा बसोबास गर्ने कोरोना संक्रमित एक युवका भारतको उत्तर प्रदेशस्थित एक मस्जिद्मा बसेर अध्ययन गरी रहेका र उनी चैत ७ गते नेपालमा आएको पाइएको छ ।

त्यस्तै अर्का एक युवा नयाँदिल्लीमा कपडा सिउने पेशामा रहेको र चैत १० गते नेपाल आएको खुलेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी दिलबहादुर बुढामगरले बताउनुभयो । त्यस्तै अर्को एक युवक पनि दुबइबाट चैत १० गते नेपाल आएका थिए ।

तीन युवक विदेशबाट आएको तथ्य फेला परेपछि भुल्के क्षेत्रमा संक्रमित ट्रेसिङको कामले नयाँ मोड लिएको छ ।

अहिले प्रहरीले उदयपुरमा प्रवेश नाका सिल गरी लकडाउन कडा बनाएको छ भने उदयपुरकै गाइघाटको चौदण्डीस्थित मस्जिद र त्रियुगामाइ नपा १२ टिएन गेटस्थित मस्जिदमा पनि अरु आंशकित रहे-नरहेको बारे निगरानी बढाएको भए पनि अहिलेसम्म कोही फेला परेका छैनन् ।