थप ९ जनामा कोरोना संक्रमण पुस्टि, संक्रमित संख्या ३०० नाघ्यो

थप ९ जनामा कोरोना संक्रमण पुस्टि, संक्रमित संख्या ३०० नाघ्यो

५ जेठ २०७७ काठमाडौं : थप ९ जनामा कोरोना संक्रमण पुस्टि भएको छ। थपिएका ९ संक्रमित रौतहट र बाराबाट रहेका सोमबार विहान ९ पुस्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटको इशनाथ नगरपालिका– २, ३, ६, र ९ नम्बर वडाका निवासी २१, २१, २३, २५, २९, ३० वर्षका पुरुष र माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै बाराको करैयामाई ५ का ३८ वर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

यो संगै नेपालमा संक्रमितको संख्या ३०४ पुगेको छ भने २ जनाको मृत्यु भएको छ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ