नेपालमा एकै दिन १० जना कोरोना संक्रमित फेला, संक्रमित संख्या ६९ पुग्यो
नेपालमा एकै दिन १० जना कोरोना संक्रमित फेला, संक्रमित संख्या ६९ पुग्यो
२१ बैशाख २०७७ काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार कोरोना संक्रमितको संख्या ६९ पुगेको जनाएको छ । आज १० जनामा कोरोना संक्रमण देखिएको छ ।
नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पर्सा जिल्लाका ३६ वर्षीय पुरुषमा र नेपालगञ्जको प्रयोगशालमा परीक्षण गर्दा ५ पुरुष र ४ महिलामा कोरोना संक्रमण देखिएको बताए ।