मोरङ र धनकुटामा पनि भेटिए कोरोना संक्रमित

मोरङ र धनकुटामा पनि भेटिए कोरोना संक्रमित

४ जेठ २०७७ विराटनगर : प्रदेश १ का दुई जिल्लाका गरी तीनजनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दुईजना मोरङ विराटनगरका र एकजना धनकुटाका छन् ।

उनीहरुको स्वाब नमुना परीक्षण गर्दा संक्रमण रहेको पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमित विराटनगरका ३६ र २९ वर्षका छन् । धनकुटाकी ३४ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

आइतबार थपिएका तीनजनासहित प्रदेश १ मा संक्रमितको संख्या ३९ पुगेको छ । ती मध्ये उपचारपछि निको भएर १७ जनालाई डिस्चार्ज गरिएको छ । अरु कोभिड–१९ उपचार केन्द्रमा राखिएका छन् । डिस्चार्ज गरिएकालाई रानीस्थित क्वारेन्टाइनमा राखिएको प्रदेश सरकारले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ