Breakingकोरोनाभाइरससमाचार

नेपालमा अर्को कोरोना संक्रमितको मृत्यु, मर्ने संख्या २ पुग्यो

नेपालमा अर्को कोरोना संक्रमितको मृत्यु, मर्ने संख्या २ पुग्यो

४ जेठ २०७७ काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूकाे संख्या दुई पुगेकाे छ ।

दोश्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए ।

क्वारेन्टाइनमा बस्ने क्रममा स्वास प्रश्वासमा समस्या भएको थियो । उनको आइतबार विहान ६ः४० बजे मृत्यु भएको हो ।

उनलाई अस्पताल लैजान स्थानीय एम्बुलेन्सलाई खबर गरेपनि पीपीई नभएका कारण चालकले नमानेको स्थानीयबासीको दाबी छ । र, उपचार अभावकै कारण उनको मृत्यु भएको भन्दै उनीहरुले आक्रोस पोखेका छन् ।