थप २४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २४३ पुग्यो
थप २४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २४३ पुग्यो
३१ वैशाख २०७७ काठमाडौं : थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै बुधबार मात्र २६ जनामा संक्रमण पुस्टि भएको छ भने कुल संक्रमित संख्या २४३ पुगेको छ।
बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।