थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २५० पुग्यो
थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २५० पुग्यो
१ जेठ २०७७ काठमाडौँ: थप ७ जनामा कोरोना संक्रमण पुस्टि भएको छ। थप संख्या प्रमाणित भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला टेकुमा गरिएको परिक्षणका क्रममा थप ७ जनामा कोरोना संक्रमण पुस्टि भएको मन्त्रालयले जनाएको छ। संक्रमित पाँच पुरुष रहेका छन् भने २ महिला रहेका छन्। संक्रमित व्यक्तिहरु चन्द्रागिरी-१ , कपिलबस्तु-१ , सर्लाही-१, धनुषा-२, महोत्तरीका २ जना गरि कुल ७ जना रहेका छन्।
यो संगै नेपालमा कोरोना संक्रमित को संख्या २५० पुगेको छ।