धुलिखेल र काठमाडौंमा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१९ पुग्यो

धुलिखेल र काठमाडौंमा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१९ पुग्यो

३१ बैशाख २०७७ काठमाडौँ : नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१९ पुगेको छ । बुधबार धुलिखेलस्थित धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण देखिएको छ भने काठमाडौँमा गरिएको परिक्षणमा १ जना गरेर थप २ जनामा कोरोना संक्रमण पुस्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए । धुलिखेलमा फेला परेका संक्रमित व्यक्ति नेपालगञ्ज वडा नम्बर ८ निवासी ३६ वर्षीय पुरुष हुन् भने काठमाडौँको प्रयोगशालामा फेला परेका संक्रमित कपिलबस्तु नगरपालिका ५ का २२ बर्षीय पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

हालसम्म पर्सामा ८२, उदयपुरमा ३२, कपिलवस्तुमा ३०, बाँकेमा २४, रुपन्देहीमा १६, काठमाडौंमा ६, कैलालीमा ४, रौतहट र बारामा ३/३ तथा बागलुङ, चितवन, झापा, सर्लाही, महोत्तरी, धनुषा र भक्तपुरमा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सप्तरी, बर्दिया र कञ्चनपुर र काभ्रेमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकामध्ये ३४ जना निको भएका छन् । तर, नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुन: भर्ना गरिएको छ ।

त्यसैगरी काठमाडौको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय ती व्यक्तिको पनि पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भएका उनलाई पनि पुन: अस्पताल भर्ना गरिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ