सुक्रबार मात्रै १८ जना नयाँ संक्रमित पुस्टि
सुक्रबार मात्रै १८ जना नयाँ संक्रमित पुस्टि
२ जेठ २०७७ काठमाडौं : नेपालमा शुक्रबार एकै दिन १८ जना कोरोना संक्रमितको पुष्टि भएको छ ।
शुक्रबार बिहान ९ जना थपिएकोमा साँझ पुनः ९ जना थपिएपछि कुल १८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २६७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शुक्रबार बिहान मकवानपुर र बाँके तथा साँझ काठमाडौं, वीरगञ्ज र दाङमा नयाँ कोरोना संक्रमितको पुष्टि भएको हो ।
पछिल्लो रिपोर्ट अनुसार काठमाडौं सतुंगलका ७ वर्षीय बालक, वीरगञ्का ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीया महिला, दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुष र उदयपुरका २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
दाङमा पहिलो पटक संक्रमित भेटिएका हुन् ।
मन्त्रालयका अनुसार हालसम्म ३६ जना निको भएर घर फर्किएका छन् । तर ३ जनामा पुन: पोजेटिभ देखिएको छ ।
हालसम्म २३ हजार ९२३ पीसीआर टेस्ट भएको छ भने ६३ हजार ०८५ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट गरिएको छ ।
