आइतबार एकैदिन थपिए १६६ जनामा कोरोना संक्रमित
आइतबार एकैदिन थपिए १६६ जनामा कोरोना संक्रमित
१८ जेठ २०७७ काठमाडौं : पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
यससँगै कुल संक्रमितको संख्या १ हजार ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमित मध्ये १४५० जना पुरुष र ११७ जना महिला रहेकाे मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
