रुस कोरोनाबाट सबैभन्दा प्रभावितको देशको दोस्रो स्थानमा उक्लियो
रुस कोरोनाबाट सबैभन्दा प्रभावितको देशको दोस्रो स्थानमा उक्लियो
३१ वैशाख २०७७ काठमाडौं : रुसमा कोरोना संक्रमितको संख्या २ लाख ३२ हजारभन्दा बढी पुगेको छ । यससँगै रुस कोरोनाबाट सबैभन्दा बढी प्रभावित देशहरुको सूचीको दोस्रो स्थानमा पुगेको छ । पहिलो स्थानमा रहेको अमेरिकामा संक्रमितको संख्या १३ लाख ६९ हजार ३१४ रहेको छ ।
लगातार दसौं दिन रुसमा नयाँ संक्रमित १० हजारभन्दा धेरैले थपिएका छन् । गत २४ घण्टामा १० हजार ८ सय ९९ नयाँ संक्रमित थपिएका छन् । यससँगै रुसमा कूल संक्रमितको संख्या २ लाख ३२ हजार २ सय ४३ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक छ ।
तर वल्डोमिटरका अनुसार रुस तेश्रो स्थानमा छ। पहिलो स्थानमा अमेरिका रहेको छ भने दोश्रो स्थानमा स्पेन रहेको उल्लेख गरेको छ।
यद्यपि रुसमा हालसम्म २ हजार १ सय १६ जनाको मात्र मृत्यु भएको छ ।
स्थानीय मिडिया रिपोर्टस्का अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोवमा पनि कोरोना पोजेटिभ छ ।
संक्रमितको संख्या बढिरहेको बेला पुटिन सरकारले मंगलबारदेखि लकडाउन खुकुलो बनाएको छ । कारखाना, कन्स्ट्रक्सन साइटमा अनुमति पाएपछि धेरै ठाउँमा काम पनि सुरु भइसकेको छ ।