थप २६ जनामा कोरोना संक्रमण पुष्टि, एकै दिन ८३ संक्रमित थपिए
काठमाडौं र भक्तपुरमा पनि भेटिए संक्रमित
३० वैशाख २०७७ काठमाडौं : पछिल्लो समय लगातार नयाँ संक्रमित फेला पर्ने क्रम जारी रहेको बेला काठमाडौं र भक्तपुरमा तीन जनासहित थप २६ जनामा कोरोना भाइरस (कोभिड-१९ ) को संक्रमण पुष्टि भएको छ । यससँगै मंगलबार एकैदिनमा ८३ जना संक्रमित थपिएका छन् ।
मंगलबार राति सवा १० बजे स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुर २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । यस्तै काठमाडौंमा ३३ वर्षीया महिलाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।
यसैगरी पर्सामा १८ जनामा संक्रमण पुष्टि भएको छ । २२, २८, २८, ३२, ४५ र ६० वर्षीया महिला र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१ र ६१ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।
यस्तै महोत्तरीमा १६ र ३५ वर्षीय पुरुष तथा धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यस संगै मंगलबार फेला परेका संक्रमित हरुमा
दुई पत्रकार
र एक
स्वास्थ्यकर्मी
समेत रहेको पाइएको छ।
