कोरोना संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु
कोरोना संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु
२१ जेठ २०७७ काठमाडौं : विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् । उनी जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल कलेज भर्ना भएका थिए र उनको अपरेसन गरिएको थियो । उनको १५ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । र, रिपोर्ट पोजेटिभ आएको छ ।
त्यसपछि त्रिवि शिक्षण अस्पतालमा सारिएका उनको उपचारका क्रममा बुधबार मृत्यु भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
नेपालमा कोरोना संक्रमित संख्या
पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयकाअनुसार योसँगै कुल संक्रमितको संख्या २३०० पुगेको छ ।