नेपालमा कोरोना संक्रमणबाट कोहि पनि मरेको छैन, संक्रमित ८ जनाको स्वास्थ्य सामान्य

नेपालमा कोरोना संक्रमणबाट कोहि पनि मरेको छैन, संक्रमित ८ जनाको स्वास्थ्य सामान्य

२३ चैत २०७६ काठमाडौँ : विश्वभर माहामारीको रुपमा फैलिरेहेको कोरोना संक्रमणका कारण धेरैको मृत्यु भैरहेको सन्दर्भमा नेपालमा पनि केहि व्यक्ति मरेको गाँईगूँइ हल्ला चलेको सुन्न सकिन्छ। तर यो र यस्ता सबै हल्ला हरु हल्ला मात्र रहेको र अहिले सम्म नेपालमा कोरोना संक्रमणका कारण कसैकोपनि मृत्यु नभएको नेपाल सरकार स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपालमा हाल सम्म ९ जना कोरोना संक्रमित भेटिएको मा एक जना उपचारपछि घर फर्किएको र बाकि ८ जनाको उपचार जारि रहेको छ। संक्रमित आठै जनाको स्वास्थ्य सामान्य रहेको पनि स्वास्थ्य मन्त्रालय जनाईसकेको छ।

हाल सम्म १४४१ जनाको कोरोना संक्रमण परिक्षण गरिएकोमा ९ जना मात्र संक्रमित फेला परेको र ६९ जना आइसोलेसनमा राखिएको छ। त्यसैगरी १२६ जना डेन्जर(रेड) जोनमा परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशका विभिन्न ७ स्थान धरान, जनकपुर, हेटौडा,काठमाडौँ, पोखरा, धनगढी र सुर्खेतबाट कोरोना परिक्षण जारि रहेको र बुटवल र चितवन मा उपकरण जडान कार्य सम्पन्न भएको र आज (आइतबार)बाट परिक्षण सुरु हुने बताइएको छ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ