नेपालमा फेरि थपिए तीन कोरोना संक्रमित
नेपालमा फेरि थपिए तीन कोरोना संक्रमित
१७ वैशाख २०७७ काठमाडौँ : नेपालमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
नयाँ थपिएका संक्रमितमा बाराका दुई र पर्साका एक छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरुको संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ ।
सिमराका ४३ वर्ष र सिम्रौनगढका ३१ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय बाराले जनाएको छ ।
यस्तै अर्का संक्रमित वीरगञ्ज उपमहानगरपालिका–२ छपकैयाका ४६ वर्षीय पुरुष रहेको बताइएको छ ।
ती सबै भारतमा भएको तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएकाहरु हुन् । यसअघि आतबार मात्र वीरगञ्जमा दुई जनामा संक्रमण पुष्टि भएको थियो ।