भारतमा १००० भन्दा बढी कारोना संक्रमितको मृत्यु
भारतमा १००० भन्दा बढी कारोना संक्रमितको मृत्यु
१७ बैशाख २०७७ काठमाडौँ : कोरोना संक्रमण बाट भारतमा १००० भन्दा बढीको मृत्यु भैसकेको छ।
अहिले सम्मको तथ्यांक अनुसार भारतमा संक्रमितको संख्या ३१ हजार ३२४ पुगेको छ भने एक हजार मृत्यु भैसकेको छ। कोरोना संक्रमण बढ्ने क्रम नरोकिएपछि त्यहाँ भयावह स्थिति सिर्जना हुने देखिन्छ।
सबैभन्दा बढी प्रभावित मुम्बईमा हाल सम्म ८५९० जना संक्रमित फेला परेका छन् भने ३६९ जनाको मृत्यु भएको छ।
त्यस्तै नेपाल संग सिमा जोडिएका उत्तर प्रदेश मा १९५५ संक्रमित फेला परेका छन् भने ३१ जनाको मृत्यु भएको छ। उत्तराखण्ड राज्यमा संक्रमित को संख्या ५१ पुगेको छ।
त्यस्तै बिहार राज्यमा ३४५ जना संक्रमित फेला परेका छन् भने २ जनाको मृत्यु भैसकेको छ। यता पश्चिम बंगालमा ६९२ जना संक्रमित फेला परेका छन् भने २० जना संक्रमितको मृत्यु भैसकेको छ।
