कोरोनाभाइरससमाचार

थप ५ सय ९३ जनामा कोरोना संक्रमण पुस्टि, संख्या ११७५५ पुग्यो

थप ५ सय ९३ जनामा कोरोना संक्रमण पुस्टि, संख्या ११७५५ पुग्यो

१२ असार २०७७ काठमाडौं : शुक्रबार नेपालमा ५ सय ९३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।

शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।

काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण

काठमाडौं जिल्लामा शुक्रबार ३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरु तीनै जना पुरुष हुन् ।

दाङमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि

दाङमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएको विरामीलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

उनमा कोरोना भाइरस संक्रमण परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनको परिवारसँग सम्पर्क स्थापित गर्ने कोशिस भइरहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *