Breakingकोरोनाभाइरससमाचार

भारतमा संक्रमितको संख्या १० हजार नाघ्यो, नेपाललाई खतरा

भारतमा संक्रमितको संख्या १० हजार नाघ्यो, नेपाललाई खतरा

२ बैशाख २०७७ काठमाडौँ : कोरोना संक्रमणले विश्वलाई आक्रान्त पारिरहेका बेला भारतमापनि यसको प्रभाव बध्नेअ थाले संगै यहाँ संक्रमितको संख्या १० हजार ४५३ पुगेको छ।

भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३५८ पुगेको छ भने संक्रमण र मृत्यु हुने क्रम बढ्दो छ।

भारतमा संक्रमण फैलिए यसले नेपालजस्तो खुला सिमा भएको देशलाइ प्रतक्ष असर पर्ने देखिन्छ। रोजगारीका क्रममा भारत गएका नेपालीहरु नेपाल प्रवेश गर्ने प्रयास गरको समाचार हामीले केहि कतै पाइरहेका छ भने सुरक्षित रहन भारतीय पनि लुकिछिपी नेपाल आउने गरेको तथ्यहरु फेला परेका छन्।

भारतले गरेको २१ दिनको लकडाउन आज समाप्त हुँदैछ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज १० बजे सम्बोधन गर्नेछन। उक्त सम्बोधनमा भारतमा अप्रिल ३० सम्म लकडाउन लम्ब्याउने आंकलन भारतीय मिडियाले गरेका छन्।

महाराष्ट्र, तमिलनाडु, पन्जाब र तेलंगाना राज्यले यस अघि नै अप्रिल ३० सम्मका लागि लकडाउन लम्ब्याएका छन्।

विश्वभर मंगलबार सम्म १९ लाख २४ हजार ६७७ जना संक्रमित फेला परिसकेका छन् भने १ द्लाख १९ हजार ६९२ जनाको मृत्यु भैसकेको छ। विश्वभर अहिलेसम्म ४ लाख ४५ हजार ५ जना उपचार पछि घर फर्किएका छन्।