कोरोना भाइरस: भारतले दिल्लीमा वार्डको रूपमा ‘रेल’ प्रयोग गर्ने
कोरोना भाइरस: भारतले दिल्लीमा वार्डको रूपमा ‘रेल’ प्रयोग गर्ने
१ असार २०७७ नयाँ दिल्ली : भारतले थप ५०० रेललाई दिल्लीका कोरोनाभाइरस बिरामीहरूका लागि ८००० ओछ्यान खडा गर्ने तयारी गरेको छ ।
भारतीय गृहमन्त्री अमित शाहले राजधानीको लागि नयाँ आपतकालीन उपायहरूको प्याकेज घोषणा गर्नेक्रममा कोविड १९ को परीक्षणमा द्रुत वृद्धि हुने र अबदेखि नर्सिंग होमहरूले पनि कोभिद १९ टेस्ट गर्ने टेस्ट गर्ने बताएका छन् ।
उनले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई समेत भेट गरेका छन् ।
भारतमा दैनिक जसो करिब दैनिक १२,००० नयाँ संक्रमण पुस्टि भैरहेका छन् ।
सोमबारसम्म ३ लाख २० हजार ९२२ जना संक्रमित फेला परेको भारत अहिले विश्वमा संक्रमित को चौथो सुचिमा छ। संक्रमित धेरैहरुमा पहिलो स्थानमा अमेरिका छ भने दोश्रो स्थानमा ब्राजिल रहेको छ त्यस्तै तेश्रो स्थानमा रुस पुगेको छ ।
जोन्स हपकिन्स विश्वविद्यालयको तथ्यांक अनुसार भारतमा मर्नेको संख्या ९१९५ रहेको छ।
हिन्दुस्तान टाइम्समा लेखिए अनुसार महाराष्ट्र र तमिलनाडु पछि दिल्ली भारतको तेस्रो सबैभन्दा प्रभावित राज्य हो।
दिल्लीमा कोविड १९ बिरामीहरूका लागि निजी र सरकारी अस्पताल गरेर ९६९८ बेड रहेमा अहिलेसम्म ४२४८ बेड खाली छ।
केजरीवाल सरकारले ४० होटेल र ७७ ब्यान्व्वेट हललाई अस्थायी अस्पतालका रूपमा प्रयोग गर्ने योजना बनाएको छ।
अप्रिलमा भारतले रेलवाहक गाडीहरुलाई क्वारेन्टाइन वा आइसोलेसन वार्डमा रूपान्तरण गर्न शुरू गर्यो, जब महामारीको कारण रेल सेवा बन्द गरियो।