नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो
नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो
१ बैसाख २०७७ काठमाडौँ : नेपालमा थप दुइ जना कोरोना संक्रमित फेला परेको छ। यो संगै नेपालमा संक्रमितको संख्या १४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयद्वारा जारि गरिएको डिजिटल पत्रकार सम्मेलनमा जनाइए अनुसार थप दुइ जनामा कोरोना संक्रमण पोजिटिभ आएको हो। कैलालीको लम्किचुवा गाउपालिका कि ६५ बर्शिय महिलामा संक्रमण पोसितिभ देखिएको हो भने अर्का संक्रमित रौतहटका १९ बर्षीय पुरुस रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
दुवै संक्रमितलाइ अस्पताल लाने तयारी भैरहेको मन्त्रालयले जनाएको छ।
त्यसैगरी हालसम्म २१९ जना बिरामी हरु रेड जोनमा रहेका पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।