Breakingकोरोनाभाइरससमाचार

काठमाडौँ स्थित सनसिटी अपार्टमेन्टका तीनजनामा कोरोना आशंका, पाटन अस्पताल भर्ना

काठमाडौँ स्थित सनसिटी अपार्टमेन्टका तीनजनामा कोरोना आशंका, पाटन अस्पताल भर्ना

१ बैशाख २०७७ काठमाडौँ : पेप्सीकोलास्थित सन सिटी अपार्टमेन्टमा एकै परिवारका तीन जनामा कोरोना संक्रमणकाे आशंकामा उपचारका लागि प्रहरीले पाटन अस्पताल पठाएको छ ।

प्रहरीले अहिले सो अपार्टमेन्टमा सुरक्षा दिइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता हाेमिन्द्र बोगटीले बताउनुभयो ।

सो परिवारका सदस्यको कोरोना संक्रमण भएको विषयमा आधिकारिक रुपमा पुष्टि भने भएको छैन ।

अपार्टमेन्टको ए ब्लकमा बसिरहेका उनीहरु २८ दिनअघि बेलायतबाट आएको खुलेको छ । उनीहरुमा लक्षण देखिएपछि र्‍यापिड टेष्ट गरिएको थियो ।

सनसीटीमा पाँचवटा बिल्डिङहरु छन् । तीमध्ये ए बिल्डिङमा बस्ने एक परिवारको तीन जनालाई कोरोनाको आशंकामा अस्पताल लगिएको हो ।

तीनजना आशंकितलाई अस्पताल लगिएपछि प्रहरीले सनसीटी अर्पाटमेन्टमा मानिसहरुलाई भित्र बाहिर आवत जावत गर्न नदिई सिलबन्दी गरेको छ ।

अपार्टमेन्ट परिसरमा प्रहरी तैनाथ गरिएको छ ।