Breakingकोरोनाभाइरसराजनिती

ओलीलाई गगनको प्रश्न : के सोचेर ‘जीवन वा वैयक्तिक स्वतन्त्रता’ मा एउटा रोज्न भन्नुभो ?

ओलीलाई गगनको प्रश्न : के सोचेर ‘जीवन वा वैयक्तिक स्वतन्त्रता’ मा एउटा रोज्न भन्नुभो ?

२६ चैत २०७६ काठमाडौँ : नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार गरेको राष्ट्रका नाममा संवोधनमाथि विभिन्न ११ वटा प्रश्न तेर्श्याएका छन् ।

थोपाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदर्शन गरेको आत्मविश्वासको प्रशंसा गरेका छन् भने सरकारले कोरोना रोकथाममा गरेका प्रयास, स्वास्थ्य सामाग्री खरिदमा सेनाको संगलग्नता र संवोधनमा प्रधानमन्त्रीले प्रयोग गरेको भाषाको भने आलोचना समेत गरेका छन् ।

सरकारले विभिन्न स्थानमा गर्ने भनेको र्‍यापिड टेस्टको प्रोटोकलदेखि किटको व्यवस्थासम्ममा थापाले प्रश्न उठाएका छन् ।

उनले पत्रमा प्रधानमन्त्री ओलीले संवोधनमा अहिलेको अवस्थामा जीवन र वैयक्तिक स्वतन्त्रतामध्ये एक चयन गर्न आग्रह गरेर अवाक् बनाइदिएको बताएका छन् । उनले लेखेका छन्- ‘संकटको यस घडीमा सरकारको नेतृत्वलाई हामीले बलियो साथ दिने हो । त्यसका लागि विश्वासको वातावरण बनाउनु पर्छ, अप्रिय प्रश्न गर्ने र सहिष्णु जवाफ पाउने स्वतन्त्रता हुनुपर्छ । तर राज्यसँग थप जवाफदेहिताको अपेक्षा राखेर बाटो देखाउनु पर्ने यस्तो बेला जीवन र वैयक्तिक स्वतन्त्रताबीच चयन गर्ने आग्रह गरेर तपाईँले अवाक् बनाइदिनुभयो । के सोचेर ‘जीवन वा वैयक्तिक स्वतन्त्रता’ मध्ये एक रोज्न आग्रह गर्नु भएको हो ? के वैयक्तिक स्वतन्त्रता बिनाको जीवनको कल्पना गर्न सकिएला ? अनि के वैयक्तिक स्वतन्त्रता निलम्बित हुँदा जीवन बचाउने लडाइँ लड्न सजिलो हुने हो ?’

गगनले प्रधानमन्त्रीलाई लेखेको पत्र

सम्माननीय प्रधानमन्त्रीज्यूलाई सांसदको प्रश्न

सम्माननीय प्रधानमन्त्रीज्यू,

प्रतिकूल स्वास्थ्यका बावजुद यो संकटको घडीमा देश विदेशमा छरिएर, सीमामा अड्किएर कष्टकर जीवन बाँचिरहेका नेपाली दाजुभाइ दिदीबहिनीलाई ढिलै भए पनि ढाढस दिलाउने तपाईँको आत्मविश्वास प्रशंसनीय छ । तपाईँको सम्बोधन संसदको रोष्टमबाट हुन सकेको भए शायद मैले पनि त्यहीँबाट थप केही कुराहरु स्पष्ट पारिदिन आग्रह गर्ने थिएँ । तर, अहिले संसद नचलिरहेकोले तपाईँले बालुवाटारबाट संचार माध्यममार्फत बोल्नुभयो । मसँग पनि यो सम्वादका लागि सामाजिक सञ्जाल बाहेक अन्य माध्यम रहेन। सम्बोधनले केही जिज्ञासा उत्पन्न भएका छन्, जसलाई म संसदकै प्रश्नोत्तर शैलिमा राख्ने प्रयास गर्नेछु:

१. प्रधानमन्त्रीज्यूले ‘सातै प्रदेशका १० परीक्षण केन्द्रमा PCR प्रविधिबाट र संक्रमणको उच्च जोखिम भएका जिल्लाहरूमा द्रुत परीक्षण (RDT) को माध्यामबाट हजारौंको परीक्षणको तयारी भइरहेको’ भन्नुभएको छ, जुन सराहनीय छ । तर र्‍यापिड टेस्टको गुणस्तर र तयारीका सन्दर्भमा आमतहमा मात्र होइन विज्ञहरूले समेत व्यापक चिन्ता व्यक्त गरिरहेका छन् ।

-सरकारसँग यस्तो र्‍यापिड टेष्ट गर्ने किट र उपकरणको गुणस्तरको सुनिश्चितताको आधार के हो ?