कोरोनाबाट अमेरिकामा एकैदिन मृत्यु हुनेको संख्या हालसम्मकै उच्च
कोरोनाबाट अमेरिकामा एकैदिन मृत्यु हुनेको संख्या हालसम्मकै उच्च
२६ चैत २०७६ काठमाडौँ : अमेरिकामा कोरोना भाइरसबाट एकै दिन भर्नेको संख्या हालसम्मकै उच्च भएको छ ।
मंगलबार अमेरिकामा कोरोना भाइरसबाट एक हजार सात सय ३६ जनाको मृत्यु भएको हो । यससँगै अमेरिकामा यो भाइरसबाट मृत्यु हुने मानिसको संख्या १२ हजार सात सय २२ पुगेको छ ।
यस्तै पछिल्ले २४ घण्टामा अमेरिकामा ३३ हजार ३ सय १९ जना नयाँ संक्रमित फेला परेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो सँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ४ लाख ३ सय २३ पुगेको छ।
संक्रमित मध्ये ९ हजार १ सय ६९ जना संक्रमितको गम्भीर अवस्थामा उपचार भइरहेको छ । र, २१ हजार ६ सय ७४ जना संक्रमित सफल उपचारपछि घर फर्किएका छन् ।
हालसम्म अमेरिकामा २० लाख ७५ हजार ७ सय ३९ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ ।