Breakingकोरोनाभाइरसराजनितीसमाचार

भोलि र पर्सी उपत्यका बाहिर जाने व्यक्ति र सार्वजनिक सवारीलाइ अनुमति

भोलि र पर्सी उपत्यका बाहिर जाने व्यक्ति र सार्वजनिक सवारीलाइ अनुमति

२७ चैत २०७६ काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण गरेको लकडाउनमा काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णय सरकारले गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले चैत २८न र २९ गते अर्थात् भोलि र पर्सि उपत्यकामा रहेका व्यक्ति र सार्वजनिक सवारीलाइ उपत्यका बाहिर जान दिने निर्णय गरेको हो ।

११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि कतिपय मानिसहरु हिँडेरै गाउँ फर्किन थालेका छन् । विद्यार्थी तथा अनौपचारिक क्षेत्रमा काम गर्नेहरु गाउँ फर्किन चाहेका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङकाअनुसार काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई राजमार्गका विभिन्न स्टेशनहरुमा पुर्‍याइदिने निर्णय भएको छ ।

छोटो दुरीको हकमा कसरी जान दिने भन्ने तय भइसकेको छैन । यसबारे गृह मन्त्रालयले गृहकार्य गरिरहेको एक अधिकारीले बताए ।

तर उपत्यका बाहिरबाट काठमाडौं आउन दिइने छैन ।