अन्तर्राष्ट्रिय उडान वैशाख १८ सम्म स्थगित
अन्तर्राष्ट्रिय उडान वैशाख १८ सम्म स्थगित
२५ चैत २०७६ काठमाडौं : विश्वभर कोरोनाको माहामारी फैलिए संगै सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय हवाई उडानमा लगाएको प्रतिबन्ध वैशाख १८ सम्म लम्ब्याएको छ ।
कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको हो । आन्तरिक उडानबारे भने छलफल भइरहेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए ।
यसअघि ३ वैशाखसम्म आन्तरिक र अन्तराष्ट्रिय हवाई उडानमा रोक लगाइएको थियो भने अन्तरास्ट्रिय उडान स्थगित गरे पनि आन्तरिक उडानका बिषयमा निष्कर्ष आउन बाँकी रहेको छ ।
