Breakingकोरोनाभाइरससमाचारसमाज

प्लास्टिक टिप्नेको घरमा आगलागी हुँदा भेटियो २५ लाख

प्लास्टिक टिप्नेको घरमा आगलागी हुँदा भेटियो २५ लाख

२३ चैत २०७६ बिर्तामोड : झापाको कनकाई नगरपालिका ४ सुरुङ्गामा एक जना सडक छेउको प्लास्टिक टिपेर दैनिक गुजारा चलाउने व्यक्तिको घरभित्र २५ लाख रुपियाँ नगद फेला परेको छ ।

कनकाई ४ को एक घरमा आगलागी हुँदा सो घरबाट नौ लाख ५ सय दरका नोट र ६ लाखजति जलेका तर नम्बर भएकाले बैंकमा साट्न मिल्ने दरका नोट फेला परेको छ ।

कन्काई ४ स्थित सुकुम्बासी वस्तीमा रहेको उक्त घर ५१ वर्षीय ठाकुरसिंह राईको रहेको पाइएको छ। सनिबार राति आगलागी भएपछी उक्त आगलागी निभाउने क्रममा प्रहरी र स्थानीयले उक्त रकम फेला पारेका हुन्।

राईका अनुसार घरमा २४ लाख ५० हजार भन्दा बढी नगद, डेढ तोला सुन र १८ तोला चाँदी रहेको थियो । प्रहरी, रेडक्रसकर्मी, सामुदायिक वनका पदाधिकारी लगायतले सो रकम र १८ तोला चाँदी फेला पारेका थिए ।

हाल सो रकम इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको छ । प्रहरीले रकमको स्रोत खोज्ने काम गरिरहेको जनाएको छ ।

शनिबार साँझ कनकाई सामुदायिक वन क्षेत्रहाताभित्र रहेको घरमा आगलागी हुँदा राईसहित अन्य दुई घर अमृता श्रेष्ठ र झकडबहादुर दर्जी समेतको घर जलेको थियो ।
आगो राईको घरबाट सुरु भएको थियो ।

राई बजारमा फालिएका प्लाष्ट्रिकका वोटल टिपेर गुजारा गर्ने गरेको थिए भने उनी सामुदायिक वनको जमिनमा सुकुम्बासीका रुपमा बसोबास गर्दै आएका थिए ।

प्रहरीका अनुसार राईले आफूले सो रकम आफ्नो जग्गा विक्रीबाट १२ लाख र त्यही रकमलाई गाउँमा ब्याजमा लगाएर जम्मा गरेको बताएका छन् । राई लगायत १२ घर सो सामुदायिक वनको जमिनमा वाढी पीडितको नाममा विगत ७ वर्षदेखि बस्दै आएका छन् ।