लकडाउनमा चोकको भलाकुशारी
लकडाउनमा चोकको भलाकुशारी
२२ चैत २०७६ झापा: विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण अछुतो नरहेको नेपालले आफ्नो र आफ्ना नागरिकको स्वास्थ्य र सुरक्षालाइ मध्यनगर गर्दै सम्पुर्ण देशलाइ नै लकडाउन गरेको छ। लकडाउन गर्नुको एक मात्र उदेश्य भनेको नागरिक को स्वास्थ्य नै हो।
तर लकडाउनको उदेश्य र मर्म नबुझेर हो या डर हराएर हो ? सामाजिक दुरी कायम गर्न हिच्किचाउने जमात बिहान दिउसो बेलुका यस लकडाउनको अवधिमा चोक,फलैचा र दोकानमा समुहगत रुपमै बसेर भलाकुशारी गरिरहेको पाइन्छ।
सरकारले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किनु, निस्कनै परे सामाजिक दुरी कायम गर्नु, भनिरहेका बेला यस किसिमको समुहगत रुपमै मानिसहरु बसेर गफ गर्नु जनताले आफ्नो स्वास्थ्य प्रति लापरवाही गरेको पाइन्छ।
सहर बजारमा यो माहामारीको समयमा जनताले स्वतस्फुर्त सरकारलाई सहयोग गरेपनि गाउँघरमा यसको पालन गर्ने कुरामा केहि हद सम्म लापार्वाही गरेको पाइन्छ। तस्बिर: सन्दिप संग्रौला/झापा
