Breakingअन्तरास्ट्रियकोरोनाभाइरस

बाघमा पनि देखियो कोरोना संक्रमण

बाघमा पनि देखियो कोरोना संक्रमण

२४ चैत २०७६ काठमाडौँ: विश्वभर लिइरहेको कोरोना भाइरस संक्रमणले मानव जीवनलाइ नै धरापमा पारिरहेको बेला अब यो संक्रमण जनावरमा पनि देखा परेको छ।

अमेरिकाको एक चिडियाखानामा रहेको बाघले खोक्न थालेर संक्रमणको लक्षण देखाएपछि परिक्षण गर्दा कोरोना संक्रमण भेटिएको हो।

अमेरिकाको न्यु योर्कमा रहेको ब्रोंक चिडियाखानामा रहेको नादिया नाम गरेको ४ बर्षको बघिनीलाई संक्रमण देखिएको अम्रेइकि संचारमाध्यामले जनाएका छन्।

चिडियाखानामा रहेका अन्य ५ जनावरले पनि उस्तै लक्षण देखाइरहेको बताइएको छ।

यस अघि हङकङमा पनि एक कुकुरमा कोरोना संक्रमण देखिएको बताइएको थियो।