Breakingकोरोनाभाइरसदेशसमाचार

भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका दुइ जना क्वारेन्टाइनमा

भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका दुइ जना क्वारेन्टाइनमा

२२ चैत २०७६ झापा: विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणले आक्रान्त परिरहेको बेला नेपालमा संक्रमितको संख्या केहि कम फेला पर्नु नेपालका लागि केहि राहतको बिषय बने पनि जटिलतालाइ भने नकार्न सकिन्न।

त्यहि जटिलतालाइ मध्यनजर गर्दै सरकार र जनताले यो माहामारी अन्त्यको लागि जेलिरहेको दुख र सास्तीलाइ समेत नजरअन्दाज गर्दै अघि बढिरहेका छन्।

बिशेसत विश्वका विभिन्न मुलुकबाट नेपाल प्रवेश गर्ने नेपाली तथा बिदेशीहरुबाटनै संक्रमण फैलिने धेरै खतरा रहेको हुँदा सरकारले त्यस कुरामा बिशेष ध्यान दिँदै अति संबेदनशील क्षेत्रहरु जस्तै एयरपोर्ट तथा भारत र चीन लगायतका नाकाबाट नेपाल प्रवेश गर्ने नागरिकलाइ बिशेष ध्यान दिदै देशका विभिन्न स्थान तथा सिमा जोडिएका ठाउँहरुमा क्वारेन्टाइन निर्माण गरेको छ।

भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका दुइ जना क्वारेन्टाइनमायसै क्रममा झापा गाउँपालिका स्थित जनता माबिमा समेत ६ जना व्यक्तिलाइ क्वारेन्टाइनमा राखिएको असई भोला वाग्लेले जानकारी दिनु भयो। क्वारेन्टाइनमा राखिएका मध्ये चार जना चैत ११ गतेबाट राखिएको भए पनि अन्य दुइ जना लकडाउनकै समयमा चैत २१ गते राति भारतबाट लिकिछिपी नेपाल प्रवेश गरेका पाइएका छन्। उनीहरु लुकिछिपी नेपाल प्रवेश गरेको स्थानीयले जानकारी गराए पश्च्यात क्वारेन्टाइनमा ल्याएर राखिएको र अहिले उनीहरुको स्वास्थ्य जांच भैरहेको प्रहरीले जनाएको छ ।

अहिले क्वारेन्टाइन स्थलमा रहेका व्यक्तिहरुको दैनिक दुइ पटक ज्वरो जाच गरिएको समयमा समयमा पौष्टिक खान दिइएको स्वास्थ्यकर्मी टिका गुरागाईंले जानकारी दिनु भयो।

यस क्षेत्रमा १४ जना होम क्वारेन्टाइनमा रहेकोमा ५ जना खाडी मुलुक बाट आएका र अन्य ९ जना भारतका विभिन्न सहरबाट घर फर्किएका छन्। उनीहरु करिब १७ दिन देखि क्वारेन्ताइन्मा रहेको र जोखिम न्यूनीकरणका लागि अझ केहि दिन रहन आग्रह गरिएको प्रहरीले बताएको छ।

क्वारेन्टाइनमा रहनुहुने व्यक्तिका अभिवावकसमेत खुसि रहेको स्वयम् अभिवावकले बताएका छन् र उनीहरु यस क्वारेन्टाइनप्रति सन्तुस्ट रहेको बताएका छन्।