बि डिभिजन लिग: सातदोबाटो युथ क्लब विजयी
बि डिभिजन लिग: सातदोबाटो युथ क्लब विजयी
३० फागुन फागुन २०७६ काठमाडौँ: बी डिभिजन लिगमा अन्तर्गत आज भएको पहिलो खेलमा सातदोबाटो युथ क्लब विजय भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको बी डिभिजन लिगको पहिलो खेलमा सातदोबाटो युथ क्लबले ब्वाइज युनियन क्लबलाइ १-० ले पराजित गरेको छ ।
सातदोबाटो युथ क्लबले पहिलो हाफमा अग्रता लिन सफल भएको थियो । सातदोबाटो युथ क्लबको लागि दिनेश राइले १४ औं मिनेटमा गोल गर्न सफल थिए । सो गोलनै निर्णायक गोल हुन् पुग्यो ।
अबको दोस्रो खेल मध्यपुर युथ एसोसिएसन र रानीपोखरी कर्नर टिमबिच हुँदै छ । अबको दोस्रो खेल ३:३० बजे देखि हुँदै छ ।
ब्वाइज युनियन क्लब ७ अंक जोड्दै लिग तालिकाको चौथो स्थानमा रहेको छ भने सातदोबाटो युथ क्लब १५ अंक जोड्दै लिगको शिर्ष स्थानमा रहेको छ ।
मध्यपुर युथ एसोसिएसन १ अंक जोड्दै लिगको एघारऔं स्थानमा रहेको छ भने रानीपोखरी कर्नर टिम क्लब २ अक् जोड्दै दसौं स्थानमा रहेको छ ।
ब्वाइज युनियन क्लब,श्री भगवती क्लब, टुसाल क्लब,खुमलटार युथ क्लब,नयाँबस्ती युवा क्लब,झम्सिखेल युथ क्लब,रानीपोखरी कर्नर टिम, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्टस क्लब,बाँसबारी क्लब र श्रीकुमारी क्लब गरी सहिद स्मारक बि डिभिजन लिगमा १२ जना टीमले सहभगिता जनाएका छन् । १२ जना टीमले सहभगिता जनाएको लिगमा ६६ वटा खेलहरु हुनेछ ।
सहभगिता मध्ये विजेताले टोलीले १५ लाख, उपविजेताले ८ लाख, तेस्रो हुनेले पाँच लाख र चौथो हुनेले तीन लाख रुपैयाँ पुरस्कार पाउने छ । बी डिभिजन लिग खेल्ने टिमलाई एन्फाले तयारी स्वरुप प्रति क्लब १० लाख रुपैयाँ प्रदान गरेको छ।
