खेलकुदफुटबल

बि डिभिजन लिग: श्री भगवती र आरसिटिको बराबरि

२१ फागुन २०७६ काठमाडौँ : सहिद स्मारक बि-डिभिजन लिग अन्तर्गत आज एक खेल मात्र भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको बी डिभिजन लिगको एक मात्र खेलमा श्री भगवती क्लबले रानीपोखरी कर्नर टिमको सामना गरेको छ ।

भखरै सम्पन्न भएको खेलमा श्री भगवती क्लब र रानीपोखरी कर्नर टिमले गोल रहित बराबरि खेलेका छन् ।

सरुवाती पहिलो हाफ दुबै गोल रहित बराबरि खेलका थिए। श्री भगवती र आरसितिले पहिलो हाफमा गोल गर्न केहि राम्रो अवसरहारु खेर फालेका थिए ।

श्री भगवती क्लब ४ अंक सहित पाँचौ स्थानमा रहेको छ भने रानीपोखरी कर्नर टिम २ अंक सहित नवौ स्थानमा रहेको छ । दुवै टोलीले समान दुइ दुइ खेल खेलेका छन् ।

ब्वाइज युनियन क्लब,श्री भगवती क्लब, टुसाल क्लब,खुमलटार युथ क्लब,नयाँबस्ती युवा क्लब,झम्सिखेल युथ क्लब,रानीपोखरी कर्नर टिम, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्टस क्लब,बाँसबारी क्लब र श्रीकुमारी क्लब गरी सहिद स्मारक बि डिभिजन लिगमा १२ टीमले सहभगिता जनाएका छन् । १२ टीमले सहभगिता जनाएको लिगमा ६६ वटा खेलहरु हुनेछ ।

सहभगिता मध्ये विजेताले टोलीले १५ लाख, उपविजेताले ८ लाख, तेस्रो हुनेले पाँच लाख र चौथो हुनेले तीन लाख रुपैयाँ पुरस्कार पाउने छ । बी डिभिजन लिग खेल्ने टिमलाई एन्फाले तयारी स्वरुप प्रति क्लब १० लाख रुपैयाँ प्रदान गरेको छ।